हुर्रा नाचमा रमाए धरानेहरु

कात्तिक २३, काठमाडौं । मगर जातिको पहिचानलाई स्थापित गराउने उद्देश्यले धरानमा हुर्रा नाच तथा सांस्कृतिक प्रतियोगीता सम्पन्न भएको छ । 

आज भएको हुर्रा नाच कार्यक्रममा धरान नगर लागायतका बिभिन्न स्थानबाट अतिथीको रुपमा आएका मगर समुदायले आफ्नो मौलिक हुर्रा नाच प्रतियोगितामा भाग लिएका थिए । हुर्रा नाचबाट धरानेहरु समेत रमाए । 

जातीय संस्कृतिलाई संरक्षण गर्नुका  साथै नयाँ पुस्तालाई मगरहरुको जातीय संस्कृतिको जानकारी गराउने उद्देश्यले प्रत्येक बर्ष धरानमा हुर्रा नाच कार्यक्रम हुने गरेको नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगरले बताए । 

नयाँ पुस्ताले आफ्नै संस्कृतिलाई विर्सदै गएकोले अवस्थामा संघले २०६५ सालदेखि जिल्ला स्तरीय हुर्रा नाच प्रतियोगिताको आयोजना गर्दै आएको छ । हुर्रा नाच  प्रतियोगितात्मक भने हैन । ‘मगर समुदायको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।’ नगर अध्यक्ष चित्र थापा मगरले भने ।   

प्रतियोगितामा सयौंको संख्यामा मगर जातिहरुले हुर्रा नाचेका थिए । हुर्रा नाच कार्यक्रममा बुढापाका देखि युवायुवतिको उल्लेख्य उपस्थिति रहेको थियो ।   

कार्यक्रमको उद्धघाटन धरान वडा नं १५ का वडा अध्यक्ष नरेश ईवारामले गरेका थिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *