साहित्यिक पत्रकार संघको प्रदेश भेला सम्पन्न

कात्तिक २५, धरान । साहित्यिक पत्रपत्रिका टिकाउने सन्दर्भ दल्सीढुंगा चपाएर सातु बनाउनु जस्तै कठिन भएको चेननाथ धमलाले बताएका छन् ।
नेपाल साहित्यिक पत्रकार संघका उपमहासचिव धमलाले प्रदेश १ मा वर्तमान अवस्थामा साहित्यिक पत्रपत्रिका विषयक विमर्श कार्यक्रममा सो कुरा बताएका हुन् ।
प्रेस काउन्सिल नेपालका वोर्ड सदस्य समेत रहेका धमलाले भारतको सिंगो नक्सामा नेपालको भुमि राखेर नेपालको राष्ट्रियतामाथि धावा बोलेको पनि बताए ।

नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समितिको भेला समेत रहेको सो कार्यक्रममा धमलाले राष्ट्रियताको सवालमा सबै साहित्यिक पत्रकारहरु एकजुट भएर लाग्नु पर्ने बताए । उनले प्रदेश नं. १ ले तराईका तीन जिल्लालाई मात्र बोकेको बताउँदै हिमाल, पहाड, तराईको भावना समेट्न नसकेको बताए ।
धरानवाट प्रकाशित हुने गुफाथुम्की गर्जन त्रैमासिक साहित्यिक पत्रिकाको आयोजनामा कात्तिक २२ गते भएको कार्यक्रममा विशेष अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नं. १ उपाध्यक्ष स्मिता निरौलाले राज्यले पत्रकारितालाई चौथो अंग भनेपनि अहिलेसम्म प्रतिपक्षकै भुमिकामा राखेको बताइन । प्रेसलाई अघि वढाउन अहिलेको सन्दर्भमा समेत निकै जटिल भएको बताउँदै पत्रकार नभए सबै अँध्यारो हु्ने समेत बताइन् ।
भेलाले नेपाल साहित्यिक पत्रकार संघ १ नं. प्रदेश समिति गठन गरेको छ । जसको अध्यक्ष लम्जेल सङ्घर्षशील (गुफाथुम्की गर्जन त्रैमासिक, धरान) उपाध्यक्ष श्रीशिशा राई (वागियान द्धैमासिक, इटहरी), उपाध्यक्ष रेखा सुवेदी (निगुरो त्रैमासिक, मोरङ), सचिव उमेशचन्द्र दाहाल (चेतना सन्देश त्रैमासिक, मोरङ), सह–सचिव मधु केरुङ (शब्द साँघु त्रैमासिक, पाँचथर) र कोषाध्यक्ष केशवकुमार सुनाम (श्रृङखला मासिक, सुनसरी) रहेका छन् ।
सदस्यहरुमा सीता राई, खोटाङ, लक्ष्मीप्रसाद पराजुली, मोरङ, राज दिलान्जली, पाँचथर, यशोदाकुमारी पोखरेल भट्टराई, उदयपुर), जमुना श्रेष्ठ, सुनसरी रहेकाछन् । १५ सदस्यीय सो समितिमा ४ सदस्य बैठकले मनोनयन गर्ने निर्णय गरिएको छ ।
भेलाले सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा राममणि पोखरेल, उदयपुर, शशीप्रसाद बजगाई,सुनसरी, गंगा सुवेदी, मोरङ, माधव पोखरेल, उदयपुर, गायत्रीप्रसाद चापागाई, मोरङ रहेका छन् । कार्यक्रममा लता कार्की, अज्ञात मान्छे, कुमार प्रधान, लक्ष्मीप्रसाद पराजुली, बालकुमारी गुरुङ, शिवकुमार राई, गणेशकुमारी राई र एकराज थापा लगायतले कविता वाचन गरेका थिए ।








