जनताका आधारभूत आवश्यकता परिपूर्तिका विषयमा सरकार गम्भीर छैनः कांग्रेस सहमहामन्त्री महत

मंसिर २, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारले जनताका दैनिक आवश्यकतालाई बेवास्ता गरेको बताएका छन् ।
सोमबार नुवाकोटमा श्री कालिकादेवी क्षेत्र विकास समितिको छैंठौँ वार्षिक साधारण सभा उद्घाटन तथा शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले नेकपा सरकारले जनताको आधारभूत आवश्यकतालाई व्यवास्ता गर्दै रेल र पानीजहाजको सपना बाँडेको टप्पणी गरेका हुन् ।
नेकपा नेतृत्वको सरकारले भोट दिएको थियो या थिएन भन्ने आधारमा सरकारले दिने सेवा सुविधामा भेदभाव गरेको उनको आरोप छ ।

मत नदिएकोहरुलाई बाटो नबनाईदिने, खानेपानीबाट बन्चित गराउने तथा विद्युत नदिने मान्यता सर्वमान्य सरकारले राखेको उनले बताए ।
विगतमा कांग्रेस सरकारमा हुँदा भोटको आधारमा सेवा सुविधामा कहिल्यै विभेद नगरेको उनको भनाइ छ ।








