एनसीसीका इकाई अध्यक्षमाथि खुकुरी प्रहार, प्रमुखको कार्यकक्षमा नेविसंघले गर्यो तालाबन्दी

मंसिर १२, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वमा नेपाल कमर्स क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।   

क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिना लगायत केही विद्यार्थी नेताहरुमाथि अखिल क्रान्तिकारीका केही नेता कार्यकर्ताले खुकुरी प्रहार गरेर घाइते बनाएपछि सुरक्षाको माग गर्दै नेविसंघले क्याम्पस प्रमुख जीवन कुमार भट्टराईको कार्यकक्षमा तालाबन्दी गरेको हो ।   

क्याम्पसले सुरक्षाको प्रत्याभूति गराएर घटनामा संलग्नहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउन सहयोग गर्नुपर्ने माग गर्दै तालाबन्दी गरिएको नेविसंघका नेता अनुराग शाहले जानकारी दिए ।   

तालाबन्दी पछि नेविसंघले क्याम्पसको गेटमा भेला भएर कोणसभा गरेको थियो। कोणसभालाई सम्बोधन गर्ने नेताहरूले घटनामा अपराधिहरुलाई तत्काल कारवाही गरी पीडितलाई न्याय दिन माग गरे।   

प्रहरीको अत्याचारले सिमा नाघेको भन्दै सरकार कांग्रेसको पनि आउने र सत्तामा कांग्रेस पनि जाने भन्दै त्यतातिर सचेत रहेर प्रहरीलाई सत्ताको दास नबन्न चेतावनी पनि दिए।   

घटनामा संलग्न अपराधीहरुलाई कानुनी दायरामा नल्याए आन्दोलन झन चर्काउने नेता शाहले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =