अमेरिका जाने आसमा मानव तस्करको फन्दामा, बन्धक बनाइएका ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा

कात्तिक २७, काठमाडौँ । दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचविखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरु सोमबार राति काठमाडौँ आइपुगेका छन् ।   

चारैजना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्याउने आश्वासन दिएको थियो । शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरुलाई ब्युरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो ।   

गिरोहले उनीहरुलाई भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरवैजान हुँदै मलावी पर्याएको थियो । प्रारम्भिक बयानमा उनीहरुले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको छ । सोही क्षेत्रबाट अमेरिका जाने नाममा अलपत्र परेका अन्य दुई नेपालीको समेत उद्धार गरएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =