ओली र प्रचण्ड बाहिरिए, भएन मन्त्रिमण्डल पुनर्गठन

मंसिर ४, काठमाडौं । मन्त्रीहरु हेरफेर गर्नका लागि आज हुने भनिएको मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ ।   

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल दुवैको व्यस्तताका कारण मन्त्रिमण्डल पुनर्गठन आज नहुने भएको हाे ।   

प्रधानमन्त्री ओलीले आज साँझ होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी यता सहभागी हुनुपर्ने भएका कारण मन्त्रिमण्डल पुनर्गठन पछाडी सरेको हो ।   

प्रचण्ड नेकपामा कार्यकारी अधिकारसहितको अध्यक्ष

बुधबार बिहान ओली र प्रचण्डबीच मन्त्री हेरफेरको विषयमा छलफल भएको थियो। दुई अध्यक्षबीच सहमति जुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेर हुने पक्का भएको थियो ।   

तर उनी उक्त कार्यक्रममा जानुपर्ने भएका कारण आज पुनर्गठनको सम्भावना कम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।   

आजको बैठकले दुवै अध्यक्षको कार्यविभाजन गर्दै सरकारको सम्पूर्ण अधिकार प्रधामन्त्री ओलीलाई र पार्टीको कार्यकारी अधिकार प्रचण्डलाई दिने निर्णय गरेको छ। अब सत्तारुढ नेकपाबाट ५ वर्षसम्म ओली नै प्रधानमन्त्री रहनेछन् । यद्यपी वरियता भने दुवैको समान रहनेछ । 

मन्त्रीहरु को को फेरिँदै भन्ने आज सार्वजनिक भएन। तर प्रधानमन्त्री ओलीले आजै मन्त्रीहरु हेरफेर गर्ने जानकारी सचिवालय बैठकमा दिएकाे सचिवालयका एक सदस्यले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *