पूर्वी चीनमा आगलागी हुँदा पाँचकाे मृत्यु

  

  

कार्तिक २९, हेफेइ ।  पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।  

Image result for पूर्वी चीनमा आगलागी हुँदा पाँचकाे मृत्यु

 स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र  भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो ।   

सो आगलागीमा १ सय ५० वर्ग मिटरसम्म फैलिएको स्थानीय स्रोतले शुक्रबार जनाएको छ । आगालागी भएको बेला उक्त भवनभित्र २५ व्यक्ति रहेका थिए । ती मध्ये आठ जनालाई उपचारको लागि अस्पताल लगिएको थियो ।   

उपचारको क्रममा पाँचको मृत्यु भएको थियो । एक जनाको अति सघन कक्ष (आइसियु) मा राखेर उपचार भईरहेको र सामान्य रुपमा घाइते भएका दुई जना उपचारपछि घर फकिएको जनाइएको छ । स्थानीय समयानुसार शुक्रबार विहान ७ः५० मा उक्त आगलागी नियन्त्रणमा लिइएको र आगलागीको कारण बारे  अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *