आजको पञ्चाङ्ग र राशिफलः यी राशी भएका व्यक्तीहरुको भाग्य चम्किने छ

मंसिर ५, काठमाडौँ  l वि.सं. २०७६ मंसिर ५। बिहीबार। इ.स. २०१९ नोभेम्बर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। नवमी, ९:२४ उप्रान्त दशमी। नक्षत्र– पूर्वफाल्गुनी, १७:२२ बजेउप्रान्त उत्तरफाल्गुनी।  

योग– वैधृति, १५:५५ बजेउप्रान्त विष्कम्भ। करण– गर, ९:२४ बजेदेखि वणिज, २०:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा गद योग। चन्द्रराशि– सिंह, २२:५७ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:३० बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ५ पला। 

आजको राशिफल 

null

मेषविद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । 

वृषयात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ । 

मिथुनछोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । 

कर्कटमित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ । 

सिंहनसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको अनुभव अनुसार अवसर पहिल्याउन सकिनेछ । 

कन्याप्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । मालसामान हराउन सक्छ । हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुहोला । 

तुलाआफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यसायबाट लाभ मिल्नेछ । 

वृश्चिकरोजगारको अवसर मिलनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट विशेष सहयोग मिल्नेछ । पारिवारीक झमेला रहला । 

धनुघरमा अतिथीको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । 

मकरआज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमापनि सङ्कट आउन सक्छ । 

कुम्भमहिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । 

मीनमुद्दा मामिला आइलाग्नेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *