संघिय लिम्बुवान मञ्चका ४२६ जनाद्धारा पार्टी परित्याग

मंसिर २, धरान । संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्च सम्बद्ध संघिय लिम्बुवान मञ्च नेपालका मजदुरहरुले धरानमा मेयरकै चुनावको बेला सुनसरी जिल्ला कार्य समिती र धरान नगर कार्य समितिका गरी ४२६ जनाको जम्बो टोलीले पार्टी परित्याग गरेका छन् ।   

जसमा केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ्ग, केन्द्रीय सिनियर कमाण्डर, सिजन राजधामी, प्रान्तिय केन्द्र सदस्य गोकर्ण सिंघक, सुनसरी जिल्ला अध्यक्ष सन्तोष केदेम, धरान नगर कोषाअध्यक्ष खेम खडका, मजदुर अध्यक्ष पूर्ण बान्तवा, मजदुर सचिव समिर राई, सह सचिवनरेन्द्र राई, मजदुर उपसचिव टंक गेलाल, नगर सचिव शुक्रराज राई, सदस्हरु नन्दमाया राई, नगर युवा उपाध्यक्ष सुवाई राई, बिबेक बराईली, जिल्ला उपाध्यक्ष बिजय राई लगायताका सयौ कार्यकर्ताहरु रहेका छन । 

पर्टीका केही नेताहरुले मनपरी ढंगले पार्टी सञ्चालन गरेको  र पार्टीको सिधान्त अनुसार समानुपातिक, समाबेसी र सह अस्तीत्वलाई नेताहरुले स्वीकार्य गर्न नसकेको र पार्टीमा रहेका मजदुर कार्यकर्तालाई भोट बैंकको रुपमा मात्र लिन खोजेको भन्दै उनीहरुले सयुक्त रुपमा राजीनामा दिएको सोमबार पत्रकार महासंघमा पत्रकार सम्मेलन मार्फत जनकारी गराएका हुन ।   

सम्मेलनमा मजदुरहको नेत्तवकर्ता तथा सो पार्टीका केन्द्रीय सिनियर कमाण्डर प्रेम गुरुङ्गको नेतृत्वमा धरानका टेम्पो, सिटी सफारी, रिक्सा, दैनिक ज्यालादारी लगायतका मजदुरहरुले राजीनामा दिएका छन ।  गुरुङ्गले लिम्बुवान पार्टिभित्र बिभिन्न नाताबाद, कृपाबाद र जातीय भेदभाव अबलम्बन गरेका हुनाले पार्टीको जिममेबारी व्यक्तिले कुनैपनि योगदानको कदर नगरेको आरोप पनि लगाएका छन।   

यसैबीच नेकपाबाट मेयर पदका उम्मेदवार प्रकाश राईले मजदुरहरुलाई अब धरानको नेतृत्वमा ल्याउने काम नेकपाले गर्ने र त्यसको विकास धरानबाट सुरु भईसकेको बताए । निर्वाचन परीचालन उपसमिती तथा यातायात मजदुरहरुहरुले संयुक्त रुपमा आयोजना गरेको टेम्पो तथा सफारी रयालीको कोणसभालाई आज सोमबार धरानको लोकतान्त्रिक चौतारीमा सम्बोधन गर्ने क्रममा नेकपाका तर्फबाट धरानका मेयरका उम्मेद्धबार समेत रहेका राईले सो कुरा बताएका हुन् । 

सम्बोधनको क्रममा राईले मजदुरहरु अब पेट र परीवारसंग मात्र नजोडिएर नेतृत्व पंतिमा आउनुपर्ने समेत  बताए । मजदुरहरुलाई नेतृत्वमा ल्याउने कामको बिकास नेकपाले गरीसकेको उनले बताए ।   

राईले बि.स. २०७४ सालको निर्वाचनबाट यातायात मजदुर सम्सेर बर्देवालाई धरान १० बाट वडा सदस्यमा ल्याई यस कार्यको थालनी गरीसकेको उदाहरण प्रस्तुत गर्दै राईले नेपाली काँग्रेसले यातायात मजदुरको सवालमा ठूला गफ मात्रै गर्ने गरेको बताए ।   

नेपाली काँग्रेस जनता ढाटने पार्टी मात्र भएको यस पटको चुनावमा पनि  मजदुरहरुले नेकपालाई नै साथ दिने दावी गरे । केही समय अघि मात्र नेपाली काग्रेसका युवा नेता गगन थापाले नेपाली काग्रेस धनी बर्गको मात्र पार्टी भएको घोषणा नै गरेका बताउँदै राईले  नेपाली काँग्रेसबाट मजदुर जनताको बिकास सम्भव नभएको पनि बताए । 

अर्काै प्रसंगमा राईले यातायात मजदुर कुनै पनि शहरको दुतको रुपमा रहेको पनि स्मरण गरे । मजदुरहरुकै सहयोगमा नेकपाको सरकार बनेको र उनिहरु बिना धरानको निर्माण गर्न असम्भव रहेको राईले बताए ।  राईले मजदुरहरुको सेवाले कुनै पनि शहर कति पनि विकसित हुन नसक्ने पनि दावी गरे ।  उनले सानो यातायातलाई दिर्घकालिन व्यवस्थापन गर्नका लागी आफुले योजना अघि बढाउने समेत बताएका थिए ।   

साथै सोही कोणसभामा प्रतिनिधी सभा सदस्य जयकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राई, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष सोम तामाङ, नेकपाका प्रदेश नं. १ सदस्य विजय राई, नेकपाका जिल्ला सचिव रमेश बस्नेत, नेकपाका जिल्ला सदस्य फोक्वाहाङ सुब्बा चोत्लुङ, नेकपाका धरान नगर अध्यक्ष नारायण सुवेदी लगायत नेताहरुको उपस्थिती रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *