मतदातालाई खुसी पार्न नेकपाले मतदान स्थलको आडैमा खुवायो भतेर

मंसिर १४, काठमाडौं । उपनिर्वाचनमा मतदाता प्रभावित गर्न सत्तारुढ नेकपाले मतदान स्थलको आडैमा भोजभतेर गरेको छ । नेपाल कम्युनिस्ट पार्टी भरतपुर १६ ढड्डाघारी माविको आडैमा मतदातालाई आज विहान भतेर खुवाएको दावि गरिएको छ ।   

सामाजिक सञ्जालमा आएका फोटोहरुका अनुसार उक्त मतदान स्थलकै आडमा नेकपाले आफ्ना कायकर्ता तथा मतदातालाई भतेर खुवाएको हो ।   

उक्त भतेरको भिडियो तथा फोटो खिच्ने क्रममा चितवनको कालिका मिडियाका समाचार प्रमुख राजु सापकोटालाई समेत दुब्र्यहार गरिएको बताइएको छ । कालिकान्यूजडटकमले समाचार प्रमुख सापकोटा माथि भोजभतेर लगायतका कृयाकलाप क्यामरामा कैद गर्दा सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ताहरुले फोटो तथा भिडियो डिलिट गर्न भन्दै दुब्र्यहार गरेको जनाएको छ ।   

उक्त फोटो तथा भिडिया कैद गर्दा चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दानबहादुर मल्ल पनि सँगै रहेका थिए । उनले पत्रकारमाथी दुब्र्यहार भइरहँदा कुनै सहयोग नगरेको भन्दै कालिका मिडियाले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उक्त स्थानमा अर्का पत्रकार महेन्द्रराज श्रेष्ठ र कृष्ण सुनुवार माथिपनि दुब्र्यहार गर्दै उनीहरुल खिचेको भिडियो डिलिट गर्न लगाइएको थियो ।   

हेर्नुहोस फोटोहरु, स्रोत कालिका एफएम 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *