सीमामा भारतको दादागिरी, सुटुक्क सारिन्छन् पिलर, लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली, चीनमा पनि सीमा विवाद

कात्तिक २३, काठमाडौँ । राजधानीबाट प्रकाशन हुने पत्रपत्रिकाहरु सबैले फरक फरक विषयलाई आजको मुख्य समाचार बनाएका छन् । अन्नपूर्ण पोस्टले आज पनि सीमा विवादकै विषयलाई उठाएको छ ।  

अन्नपूर्णले ‘सुटुक्क सारिन्छन् पिलर’ शीर्षकमा समाचार छापेको छ । त्यसैगरी अर्को समाचर ‘चीनमा पनि सीमा विवाद’ शीर्षकमा छापेको छ । सीमा विवादकै विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वपक्षीय बैठक बोलाएको विषय पनि आजको अन्नपूर्ण पोस्टको फ्रन्ट पेजमा छापिएको छ ।   

त्यसैगरी कान्तिपुर दैनिकले ‘लिपुलेकमा पस्नै पाउँदैनन् नेपाली’ शीर्षकमा समाचार छ भने ‘ई–पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द’ गरेको विषयलाई पनि मुख्य समाचारको रुपमा छापेको छ ।   

आजको नयाँ पत्रिका दैनिकले ‘तीन सातामा दक्षिण यसियाली खेल, तर तयारी भद्रगोल’ शीर्षकमा समाचार छापेको छ । नागरिक दैनिकमा ‘सीमामा भारतको दादागिरी’ शीर्षकमा समाचार छापिएको छ । ई–पासपोर्ट छाप्ने अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरिएको विषयमा नागरिकले ‘कमिसन चक्करले टेण्डर रद्द’ शीर्षकमा समाचार छापिएको छ ।   

अन्य पत्रपत्रिकाको फ्रन्ट पेज जस्ताको तस्तै   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + thirteen =