सातै प्रदेश प्रमुखहरुले लिए शपथ

कार्तिक १९, काठमाडौं । सातै प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखहरुले शपथ लिएका छन् ।   

प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार र प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीले शपथ लिएका हुन् ।  

मन्त्रिपरिषदकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा एक समारोहबीच उनीहरुलाई शपथ गराएकी हुन् ।  समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायतकाे उपस्थिति रहेकाे थियाे । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए । 

प्रदेश प्रमुख प्यासी, प्रसाईँ, यादव र कलौनी एमालेको कोटाबाट प्रदेश प्रमुख सिफारिस भएका हुन् भने शेरचन, परियार र त्रिपाठी माओवादी कोटाबाट प्रदेश प्रमुख चुनिएका हुन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *