संचार उद्यमी पण्डित अर्याल बने विश्व हिन्दू महासंघको उपसभापति

  

मंसिर ५, चितवन ।  चितवनका संचार उद्यमी  पण्डित बालकृष्ण अर्याल विश्व हिन्दू महासंघ राष्ट्रिय समिति बाँसबारीको उपसभापतिमा मनोनित भएका छन । 

महासंघका सभापति नीलप्रसाद भण्डारीले अर्यालसहित ५ जनालाई सर्वसम्मत उपसभापतिमा मनोनित गरेको हो । अर्यालसँगै मनोनित हुनेहरुमा पुर्व न्यायधिश राजेन्द्र कुमार भण्डारी, चित्रबहादुर तिमिल्सिना, हरिबिलास खनाल र जितबहादुर भारती पनि उपसभापतिमा मनोनित भएका छन ।  

महासंघको गत कार्तिक २० गते चितवनको रत्ननगरमा साँतौ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनबाट सिन्धुपाल्चोकका भण्डारी सभापति चयन भएका थिए । महासंघको विधानअनुसार उपसभापतिसहित सम्पुर्ण पदाधिकारी तथा कार्यसमिति सभापतिले चयन गर्ने प्रावधान रहेको छ । 

उपसभापतिमा मनोनित  पण्डित अर्याल माधुर्य कथाबाचकका रुपमा देश तथा विदेशमा प्रसिद्ध छन ।  उनकै अध्यक्षतामा ६ बर्ष अघि खैरहनी चितवनमा ग्रेट एफ एम १०६.४ मेगाहर्जको स्थापना भएको थियो । उनी अहिले पनि एफ एमको अध्यक्ष रहेका छन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *