डा. केसीलाई नलिई रित्तै फर्कियो सेनाको हेलिकप्टर

कार्तिक २५, काठमाडौँ ।  डडेल्धुरमा अनशनरत डा. गोविन्द केसीलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएकाे छ ।   

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल भएपछी उपचारको लागि उनलाई काठमाडौँ ल्याउनको लागि डडेल्धुर पुगेको हेलिकप्टर  डा. केसीले काही नजाने अडान गरेपछी रित्तै फर्किएको हो । 

डडेल्धुरा अस्पतालले उनको अवस्था निकै जटिल बन्दै गएपछी उनलाई थप उपचारको लागि अन्यत्रै लैजानुपर्ने भन्दै आइतबार साँझ नै विज्ञप्ति जारी गरेको थियो ।विज्ञप्ती जारी पछी उनलाई उपचारका लागि काठमाडौँ ल्याउन स्थानीय प्रशासनले सेनाको हेलिकप्टर मगाएको थियो ।   

Image result for डा. केसी

 सोमबार विहान डडेल्धुरामा  डा. केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि उनका समर्थक र प्रहरीबीच तनाव अवस्था समेत उत्पन्न भएको थियो  ।  त्यस लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डा. केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए । 

तर डाक्टर केसीले माग पूरा गर्नासाथ अनशन तोड्छु भन्दै अडान गरेपछी  उनका समर्थकले डा. केसीको सहमतिविपरीत कुनै निर्णय गर्न नसक्ने बताएपछी हेलिकप्टर फिर्ता गरिएको हो ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *