अर्घाखाँची बस दुर्घटना अपडेटः मृतक १९ जनाकै पहिचान खुल्यो

मंसिर १२, अर्घाखाँची । बुधबार दिउँसो अर्घाखाँचीको सन्धीखर्क देखी  बुटवलतर्फ जाँदै गरेको यात्रु बहाक बस दुर्घटना हुँदा ज्यान गुमाउँने १९ जनाकै पहिचान खुलेकाे  छ । 

लु २ ख २१४८ नम्बरको बस अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६, नरपानीमा दुर्घटना हुँदा अर्घाखाँची सन्धिखर्क नगरपालिका ७ डिहिडाडाका शिवलाल भट्टराई, सोही स्थान बस्ने माया पुरी, बलराम भट्टराई, कपिलवस्तु वाणगंगा नगरपालिका ७ बनगाईका ३ महिने बालक सोभाखर पोख्नेल, कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका ८  चपरगाउँ बस्ने २७ वर्षीया सीता बस्नेत, अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका १० का छवीलाल गैरे, गुल्मी जिल्ला मदाने गाउँपालिका २ घर भई हाल रुपन्देही जिल्ला भैरहवा गैडहा ७ का बसन्त भन्ने ओम बहादु (चालक), अर्घाखाँची जिल्ला सन्धिखर्क ७ की मोनिका खड्का र गुल्मी जिल्ला धुर्कोट २ का सशस्त्र प्रहरी जवान राज कुमार महतले ज्यान गुमाएका थिए । 

त्यसैगरी सोही दुर्घटनामा  सन्धिखर्क २ बस्ने ५९ वर्षीया सीता कुमारी सार्की नेपाली, भूमिकास्थान नगरपालिका ९ की सीता घिमिरे, सोही स्थानकी विष्णु माया, भूमिकास्थान नगरपालिका  ७ का मैघनाथ जैसी भण्डारी, अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका १ की मञ्जु बिक, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका ८ का कृष्ण बहादुर सुनार, सितगंगा ७ कल्लेरी बस्ने लोक बहादुर दर्जी, सोही स्थानका हरी बहादर दर्जी, सितगंगा २ का सन्त बहादुर बस्नेत तथा भूमिकास्थान नगरपालिका ९ ठुलोडेवाका शैलेस थापाले पनि ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार मृतक मध्ये  ११ जनाको शव आफन्तले पोष्टमार्टमपछि  बुझिसकेका छन् भने ८ जनाको शव बुझाउन बाँकी रहेको छ ।  

दुर्घटनामा परी घाइते हुने १६ को भैरहवा मेडिकल कलेज, लुम्बिनी प्रादेशिक अस्पताल, क्रिमसन अस्पताल, चौराहा हस्पिटल लगायतको अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार उक्त बस सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *