यूईएफए युरोपा लिगः म्यानचेस्टर युनाइटेड एस्टाना सँग २–१ ले पराजित

मंसिर १३, एजेन्सी । यूईएफए युरोपा लिग अन्तर्गत समूह चरणको खेलमा म्यानचेस्टर युनाइटेडलाई एस्टाना क्लबले २–१ गोल अन्तरले परातिज गरेको छ । बिहीबार राति एस्टानाको घरेलु मैदानमा भएको खेलको १० औँ मिनेटमा जेसी लिंगार्डको गोलमा युनाइटेडले अग्रता बनाए पनि अग्रतालाई काम गर्न त सकेन नै अन्ततः हार नै बेहोर्नु पर्यो ।   

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफका सुरुवातमा नै दुई गोल खान आएको थियो । एक गोल आत्मघाती गर्‍यो भने खेलको ५५ औं मिनेटमा सोम्कोले गोल गर्दै युनाइेटडको अग्रतालाई बराबरीमा पुर्‍याए । 

त्यसपछिको खेलमा कुनै पनि गोल हुन नसकेपछि सोम्कोले गरेको गोल नै निर्णायक हुन पुग्यो र युनाइटेडले हार बेहोर्नु पर्यो । यद्यपी युनाइेटडलाई यस खेलमा हारे पनि फरक भने पर्ने छैन किनभने उसले यसअघि नै नकआउट चरणमा स्थान बनाइसकेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *