बुधबारको दुर्घटना अपडेडः मृतकको संख्या २३ पुग्यो

मंसिर १२, काठमाडौँ । बुधबार अर्घाखाँची र हुम्लामा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या २३ पुगेको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।   

सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ बजे छुटेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।   

दुर्घटनामा घाइते भएका १८ जना मध्ये ७ जनाको भैरहवामा र ९ जनाको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस दुर्घटनामा मृत्यु हुनेहरुमा चालकसहित ११ जना पुरुष,  ६ महिला,  १ बालिका र १ बालक १ गरि जम्मा १९ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए  । मृतकमध्ये ९ जनाको सनाखत भएको छ ।   

null

सनाखत हुनेहरुमा गाडी चालक रुपन्देही बासगढीका ३१ वर्षीय वसन्त भन्ने ओमबहादुर थापा, अर्घाखाँचीको खाँचिकोट काउलेकि १८ वर्षीया माया पुरी, सोही ठाउँकै ८ वर्षीया मेनुका खड्का, डिहिका बलराम भट्टराई र वर्ष ५६ का शिवलाल भट्टराई, सितगङगा २ घर भइ हाल चप्परगाउँ कपिलवस्तु बस्ने २७ वर्षीया सिता बस्नेत, गुल्मी पिपलडाडा वेम्जिङका २८ वर्षिय राजकुमार महत रहेका छन् ।   

उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा अर्घाखाँची सितगंगा नगरपालिका २ सितापुरमा बस्ने गाडी धनी ३६ वर्षीय सन्तबहादुर बस्नेत भूमिकास्थान ९ का वर्ष २२ का शैलेश थापाको पनि सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश बिष्टले बताए ।   

त्यसैगरी बुधबार नै हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु४ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनाका घाइतेमध्ये थप १ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४ पुगेको हो ।   

नेपाल खाद्य संस्थानको चामल र अन्य बन्दोबस्तीको सामान ढुवानीका साथमा यात्रु बोकेर सदरमुकाम सिमकोटतिर जाँदै गरेको टिपर सिमकोटको लाग्ना डाँडा नजीकै दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।   

मृत्यु हुनेमा नाम्खा गाउँपालिका वडा नं १, हेप्का गाउँका छिरिङकर्मा तामाङ र  नरी लामा, खार्पुनाथ गाउँपालिका वडा नं १ निवासी बबरजङ शाही र  जिल्ला अस्पतालमा उपचारका क्रममा सिमकोट गाउँपालिका वडा नं ६ निवासी बक्त रोकाया छन् ।   

टिपर मूल सडकभन्दा करीब ३० मिटर दक्षिणमा खसेको हुम्ला जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =