ओयोद्वारा नेपालमा पहिलो टिभी अभियान सार्वजनिक

कार्तिक २६, काठमाडौं । ओयो होटेल्स् एण्ड होम्सले नेपालमा दर्शक तथा अतिथिहरुका लागि आकर्षक आफ्नो पहिलो टिभी अभियान अनावरण गरेको छ । 

‘ओयो रहनुस् बिन्दास’ नारा सहित ओयोले सार्वजनिक गरेको टिभी अभियान अन्तर्गतको भिडियोमा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले अलग–अलग टिभिसीमा मुख्य भूमिका निर्वाह गरेका छन् । टिभिसी नेपाली तथा अंग्रेजी उपशीर्षकमा सार्वजनिक गरिएको बताइएको छ ।   

गाडी बिगरीएर सडकको बीचमा फसिरहेको एउटा परिवारलाई ओयोले कसरी उद्धार गर्छ भन्ने कुरा पहिलो टिभीसीमा देखाइएको छ । दोस्रो टिभीसीमा आफ्नो दैनिक रुटिनबाट छुट्टी लिन खोजिरहेका दुई जना साथीहरु तत्कालै ओयो एपको मार्फत् होटेल बुक गर्छन् ।   

दुवै भिडियो ‘तपाईं जहाँ कही गए पनि त्यहाँ तपाईंको लागि ओयो छ’ भन्ने सन्देश प्रवाह गर्ने कम्पनीले जनाएको छ ।   

यात्रुहरुका लागि उच्च गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्न तथा होटेल मालिकहरुलाई उच्च प्रतिफल सुनिश्चित गर्न प्रतिबद्ध रहेको ओयो सन् २०१७ मा नेपालमा प्रवेश गरेको हो ।   

त्यसपश्चात, होटेल श्रृंखलाले आफ्नो उपस्थीति २१ वटा भन्दा बढि शहरहरु, काठमाडौं, पोखरा, धुलिखेल, भक्तपुर, नगरकोट, चितवन, विराटनगर, हेटौंडा, नेपालगञ्ज, धनगढी, विरगञ्ज र लुम्बिनीमा विस्तार गरिसकेको छ ।   

कार्यक्रममा ओयो होटेल्स् एण्ड होम्स्, भारत तथा दक्षिण एशियाका कार्यकारी अधिकृत आदीत्य घोषले भने, ‘दक्षिण एशियामा नेपाल हाम्रो लागि प्रमुख बजार हो र हामी देशमा स्थान सुद्दढीकरण गर्न प्रतिबद्ध छौं ।’ 

त्यस्तै ओयो नेपालका कन्ट्री हेड विक्की योल्मोले भने, ‘हामी नेपालमा पहिलो टिभी अभियान सार्वजनिक गर्न पाउँदा निकै प्रशन्न छौँ । हामी सरकारको पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य ‘भ्रमण वर्ष २०२०’ मा सहयोग पुर्याउने छौँ ।’ 

यात्रुहरुका लागि सामाजिक सञ्जालको पहुँच विस्तार गर्दै, ओयोले यूट्यूब, फेसबुक र इन्स्टाग्राममा दुईवटा भिडियो ब्लग सार्वजनिक गर्दैछ । यी भ्लगहरुमा सामाजिक सञ्जालका प्रख्यात नामहरु समृद्धि राई, प्रियंका कार्की र सिसन बानिया हुने कम्पनीले जानकारी दिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *