बुटवलको “गुगल फुडल्याण्ड” खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बन्दै

कात्तिक १९, बुटवल । बुटवलको मिलन चोकमा खुलेको  “गुगल फुडल्याण्ड” खानाको पारखीहरुको लागि उत्कृष्ट गन्तब्य बनेको छ । ब्यस्त औद्याेगिक शहर बुटवलमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट सञ्चालनमा आएको हो । 

“गुगल फुडल्याण्ड” स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ । 

“गुगल फुडल्याण्ड”मा लामो समय देखि रेस्टुरेन्टमा सेफको काम गरेका अनुभबी सेफहरु रहेका छन् । जहाँ हरेक प्रकारका स्वादिष्ट हाईजेनिक नेपाली इन्डियन, इटालियन कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइन्छ । भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक स्वादिष्ट परिकारको स्वाद लिन सकिने “गुगल फुडल्याण्ड” का सञ्चालक राजु बन्जाडेले बताए । 

Image may contain: 3 people, people smiling, people sitting and indoor

अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्ट सुरुवात गरेको “गुगल फुडल्याण्ड” सञ्चालक बन्जाडेले बताए । रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् । ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । 

बुटवलको उत्कृष्ट रेस्टुरेण्ट भित्र पर्ने “गुगल फुडल्याण्ड” मा जन्मदिन देखि पार्टी र भेटघाट तथा अन्य कार्यक्रम गर्नेहरुको भिड लाग्ने गर्दछ । विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद लिन चाहनेले यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरण पाउन सक्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *