प्रकाश राई लाई नै मत हाल्नुका यस्ता छन् कारण

कात्तिक २९, धरान । नेपाल कम्युनिष्ट पार्टी महिला परिचालन उप–समिति धरानले धरानको उपनिर्वाचनमा प्रकाश राई लाई नै मत हाल्नुका कारणहरु प्रष्ट्याएको छ ।  आज समितिले प्रेस बिज्ञप्ती जारी गर्दै उपनिर्वाचनमा किन नेकपाकै उम्मेद्वार राईलाई नै भोट हाल्ने भन्दै धारणा सार्वजनिक गरेको हो ।   

धरानको विकासको खाका कोर्ने भिजन केवल नेकपासँग मात्र भएको उल्लेख गर्दै समितिले प्रकाश राईलाई धरानका महिलाहरुको समुहले भोट हाल्नुपर्ने बताएको छ ।   

समितिले महिला हिंसा न्यूनिकरण गर्न, महिलालाई पुरुष सरह सामाजिक, आर्थिक तथा सास्कृतिक अधिकार प्रदान गर्न नेकपाको सरकारले विशेष भूमिका निर्वाह गरेको भन्दै प्रकाश राईलाई ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।   

यस्ता छन्, प्रकाश राईलाई मत हाल्नुका कारण 

१.नेकपाको सरकारले आमाको नामबाट पनि छोरा वा छोरीले नागरिकता प्राप्त गर्न सकिने व्यवस्था गरेकोले । 

२.लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा समानताको व्यवस्था गरेकोले । 

३.प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान बंशीय हकको व्यवस्था गरेकोले । 

४.प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेकोले । 

५.राज्यका सबै निकाय (निजामती, सेना, प्रहरी, शिक्षक लगायत)मा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हकको व्यवस्था गरेकोले ।   

६.महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र समाजिक सुरक्षामा सकरात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हकको व्यवस्था गरेकोले ।   

७.सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरेकोले  । 

८.राष्ट्रीयसभा महिलाहरुको झण्डै चालिस प्रतिशत सहभागिताको व्यवस्था गरेकोले । 

९.प्रतिनिधिसभा र प्रदेशसभामा ३३ प्रतिशत, गाउँसभा र नगरसभामा महिलाहरुको ४० प्रतिशत सहभागिताको व्यवस्था गरेकोले । 

१०.राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, प्रदेशसभाको सभामुख र उपसभामुख मध्ये एक महिला हुनै पर्ने व्यवस्था गरेकोले । 

११.गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष र नगरपालिकाको प्रमुख वा उपप्रमुख मध्ये एक महिला उम्मेदार हुनु पर्ने अनिवार्य व्यवस्था गरेकोले ।   

१२.एकल महिलाका लागि सामाजिक सुरक्षा भत्तामा उमेरको हद नलाग्ने व्यवस्था गरेकाले । 

१३. महिलाको नाममा जग्गा जमिन खरिद गर्दा रजिष्ट्रेशन पास शुल्कमा २५ प्रतिशत छुट गराउन सफल भएकोले । 

धरानमा नेकपाको नेतृत्वमा रहेको  स्थानिय सरकारले गरेका राम्रा कामहरुले पनि पुनः नेकपालाई जिताउनु पर्ने बताइएको छ ।   

१. धरानवासी महिलाहरुलाई तालिमको लागि तालिम केन्द्र हल निर्माण गर्न बजेट विनियोजन  गरेकोले । 

२. सुकुम्बासीहरुलाई नगरवासी बनाउन घर नम्बरको व्यवस्था गरेकोले । 

३. धरानवासी महिलाहरुलाई उद्योग व्यवसाय संचानल गर्नको लागि २५ प्रतिशत कर छुट गरेकोले । 

४. स्वास्थ्य स्वंयमसेविकाको स्वास्थ्य वीमाको व्यवस्था गरेकोले । 

५.नेकपाको धरान नगर सरकारले छुवाछुत मुक्त अभियान धरानमा सञ्चालन गरेकोले । 

५.“महिला उपमेयर उद्यमशिलता कार्यक्रम”लाई बजेट विनियोजन गरेकोले । 

उता वडा नं ७ मा पनि नेकपाकै वडा अध्यक्षलाई जिताउन आग्रह गरिएको छ ।   

१. गर्भवती महिलाहरुलाई पोषण भत्ता बापत रु ३००० प्रदान गरिदै आएकोले । 

२. महिला लक्षित कार्यक्रमका लागि १३ प्रतिशत र बालबालिकाको क्षेत्रमा २५ प्रतिशत बजेट विनियोजन गरेकोले । 

३. जन्मदर्तामा आउने प्रत्येक नवजात शिशुका लागी अनिवार्य नवजात शिशु खाता सञ्चालन गर्न रु २००० प्रदान गर्दै आएकोले ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =