छापाः कालापानी क्षेत्रमै भारतीय फौजको ८ क्याम्प, सीमामा राज्यको उपस्थिति शून्य, सीमाबारे सेनाको चासो, मन्त्रिपरिषद् पुनर्गठन तयारी

कात्तिक २५, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने पत्रपत्रिकामध्ये अधिकांशले कालापानी र सीमा विवादकै विषयलाई आजको फ्रन्ट पेजको समाचार बनाएका छन् । आज अन्नपूर्ण पोस्टले ‘सीमाबारे सेनाको चासो’, ‘सीमा सुरक्षा मजबुद बनाइँदै’ र ‘मन्त्री फेर्न सघन वार्ता’ शीर्षकमा समाचार फ्रन्ट पेजमा छापेको छ ।   

त्यसैगरी आजको नयाँ पत्रिकाले ‘कालापानी क्षेत्रमै भारतीय फौजको ८ क्याम्प’, शीर्षकमा आज प्रमुख समाचार छापेको छ । साथै ‘डा.केसीको स्वास्थ्य झन् विग्रँदै’ शीर्षकमा पनि नयाँ पत्रिकाले समाचार छापेको छ ।   

आजको कान्तिपुर दैनिकले ‘नेपाल भारत सीमा विवाद सचिवस्तरीय बैठकबाट समाधान खोजिने’, ‘मन्त्रिपरिषद पुनर्गठन तयारी’ र विद्यार्थीमाथि ज्यादती’ शीर्षकमा फ्रन्ट पेजमा समाचार प्रकाशन गरेको छ ।   

त्यस्तै आजको राजधानी दैनिकले ‘कालापानी सीमा विवाद वार्तामार्फत समस्या समाधान गर्न भारत सकारात्मक’ शीर्षकमा साचार छापेको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *