अब बैंक अफ काठमाडौँका ग्राहकले उपचारमा १५ प्रतिशत छुट पाउँने

कार्तिक २०, विराटनगर ।  बैंक अफ काठमाडाैँ र जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरबीच उपचार छुटको सम्झौता भएको छ ।  मंगलबार बैंक अफ काठमाडौँले आफ्ना कार्ड धनी ग्राहकलाई जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टरमा छुट व्यवस्थाको सम्झौता भएको हो । 

आफ्नो कार्ड मार्फत विराटनगरस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयरमा बैंक का ग्राहकले १५ प्रतिशत छुट पाउने हस्पिटलका मेनेजिङ डाइरेक्टर दिपक रोयले जानकारी दिएका छन् । बैंकको तर्फबाट अपर राजभण्डारी र अस्पिटलका तर्फबाट जयप्रकाश रोयले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको थिए ।     

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *