गणतन्त्रको कुरा गर्दा ‘नेपालका लागि नेपाली अभियान’बाट ज्ञानेन्द्र शाही निकालिए
२०७६ मंसिर १२ गते

मंसिर १२, काठमाडौँ । संघीयता र धर्मनिरपेक्षता खारेजीको माग राख्दै विभिन्न गतिविधि सञ्चालन गर्दै आएको ‘नेपालीका लागि नेपाली अभियान’बाट ज्ञानेन्द्र शाहीलाई निस्काशन गरिएको छ ।
अभियानको बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । ंनेपालीका लागि नेपाली अभियान र शाहीको सिद्धान्त नमिलेको र आफूहरुले राजतन्त्र जोगाउन खोज्दा शाहीले गणतन्त्रको कुरा गर्न थालेकाले उनलाई निस्काशन गर्नु परेको अभियन्ता बालकृष्ण न्यौपानेले बताए ।
उनले भने, ‘अब उप्रान्त शाहीले दिने कुनै पनि अभिव्यक्ति, कार्यक्रम र गतिविधिमा नेपालीका लागि नेपाली अभियानको संलग्नता रहँदैन ।’ नेपालीका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि एवं कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
.jpg)
२०७६ मंसिर १२ गते
प्रतिक्रिया
सम्बन्धित








