डोटीमा बस दुर्घटना, १ को मृत्यु, ३४ घाइते, ३ को अवस्था गम्भीर

कात्तिक १६, काठमाडौँ । डोटीमा यात्रुवाह बस दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ । मृत्यु हुनेमा बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेराला रहेको दिपायलस्थित शैलेश्वरी अस्पतालले जनाएको छ । उनको उपचारका क्रममा अस्पतालमै मृत्यू भएको हो । 

महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस केआईसिँह राजमार्ग अन्तर्गत डोटीको शिखर नगरपालिका–१ गेरीपानी भन्ने ठाउँमा शनिबार बिहान करिब पाँच बजेतिर दुर्घटनामा परेको हो । 

बस सडकबाट सेती नदीको बगरमा खसेको छ । दुर्घटनामा परी अन्य ३४ जना घाईते भएको छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।   

null

घाईतेहरुको दिपायलस्थित सुजंग, चोपडा र शैलेश्वरी अस्पताल प्रारम्भिक उपचार भईरहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *