१५ हजारका लागि दिल्लीमा नेपालीले गरे आफ्नै काकाको हत्या
मकालु खबर
२०७६ कार्तिक १५ गते
कार्तिक १५, काठमाडौं । दिल्लीको दरियागञ्जमा १५ हजारका लागि एक जना नेपालीले आफ्नै काकाको हत्या गरेको घटना बाहिरिएको छ ।
घटनामा संलग्न अर्थात् हत्या गरिएका काकाको भतिजा टेकराज साउद पक्राउ परेसँगै घटना सार्वजनिक भएको हो । साउदको घर बाजुरामा पर्छ । उनी दिल्लीमा काम गर्दै आएका थिए ।
मंगलबार दरियागञ्जको चिया पसल नजिकै मृत अवस्थामा दधिबहादुर साउदको शव भेटिएको थियो । दधिबहादुरको घर कैलालीमा छ । प्रहरीका अनुसार कैलालीका उनको पोस्ट मार्टम रिपोर्टमा घाँटी थिचेर हत्या गरिएको देखाएको छ ।
४६ वर्षका टेकराजले आफ्ना काकालाई १५ हजार रुपैयाँ दिएका थिए । तर, उनले नतिरेका कारण हत्या गरिएको टेकराजले प्रहरीको अनुसन्धानमा खुलाएका छन् । दुवै जना रक्सीमा लट्ठीएका बेला घटना घटेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७६ कार्तिक १५ गते
प्रतिक्रिया