दुहवीमा छठ पुजाको तयारी पुरा, यसरी मनाइन्छ छठ पर्व

कात्तिक १५, दुहवी । दुहवीमा छठ पुजाको तयारी पुरा भएको छ । छठ पुजा समितिका अध्यक्ष अमित शाह(डिम्पल)ले उक्त जानकारी दिए । उनका अनुसार घाट निर्माण तथा व्यवस्थापनका लागि ७ लाख ५६ हजार अनुमानित खर्च हुनेछ । दुहवीको बुढीखोलामा शनिवार वेलुकी अस्ताउदो सुर्यलाइ अर्घ दिएपछि रातभर जाग्रम बस्नकालागि मनेरन्जनात्मक कार्यक्रमहरु आयोजना गरिने छठ पुजा समितिका हितेस अग्रहरिले बताए ।   

छठ पुजालाइ भब्यताका साथ सम्पन्न गर्न दुहबीका धेरै युबाहरु अहोरात्र खट्ने छठ पुजा समितिका दिलिप स्वर्णकारले बताए । छठ पर्व शुद्धता र पवित्रता तथा प्रकृति पुँजने पर्ब रहेको दुहवी निवासी गोरखापत्रका पूर्व सम्पादक सिताराम अग्रहरीले भने । छठ पर्व सबै जात धर्मले आस्था राखि मनाउँने गरेको र निराधार कठोर व्रत लिएर चार दिन सम्म मनाउँनाले यसकाे फरक रौनक हुने अग्रहरीकाे तर्क छ ।   

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित भएको र तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन नसक्ने बताउँदै अग्रहरीले सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको बताए । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको उपचारसमेत खोजिएको उनको भनाइ छ ।   

छठ पर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको र यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता रहेको छ्ठ पुजा दुहबी संस्थापक समितिका रंजित गोस्वामिले बताए । 

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्कोबाट व्रत गराउने र आर्थिक अभाव भएकाले भिक्षा मागेरै भएपनि पर्व मनाउने उनले बताए । छठ पर्व बढी मात्रामा सनातन धर्म मान्नेहरुको पर्ब भनेर बुझिन्थ्याे तर, आजकल मुस्लिम धर्मालम्बीहरुले समेत कहि कतै मनाउँने गरेको पाइन्छ । 

काठमाडाैं उपत्यकासहित पश्चिम नेपाल देखि मिथिलाञ्चल लगायत पूर्व क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । छठको मुख्य दिन शनिवार साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ ।   

आइतवार विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । 

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि छठ पर्व मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ ।   

छठ पर्वका लागि राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत वाग्मती, बल्खु, नख्खु र विष्णुमती नदी किनारमा सजावट गरिएको छ । यसैगरि पूर्वको मुख्य शहर तथा गाउँहरुको नदि, नहर,पोखरी तलाउहरुमा आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ अन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *