जिपले अटोलाई ठक्कर दिँदा पाँच घाइते
२०७६ कार्तिक २५ गते

कार्तिक २५, बाँके । सोमबार बिहान बाँकेमा जिपले अटोलाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् ।
बाँकेको कोहलपुर नगरपालिका–२ मा आज बिहान ११ः१५ मा सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको जिपले अटोलाई ठक्कर दिँदा अटोमा सवार ५ जना भाइते भएको हो ।
बा१५च २१३८ नम्बरको उक्त जिपले रोकी राखेको भे१ह १९१९ नम्बरको अटोलाई ठक्कर दिँदा तीन जनाको अवस्था भने गम्भिर भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको हाल मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको छ । ठक्कर दिने चाकलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
२०७६ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








