एमसीसीसँग हार्याे यू-१९ क्रिकेट टिम

कार्तिक १७, काठमाडौं । नेपाली युवा यू–१९ टिम मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पराजित भएको छ ।  किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा एमसीसीसँग नेपाली यूवा टिम ३८ रनले पराजित भएको हो ।   

एमसीसीले दिएको ३ सय ३५ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९६ रनमा समेटियो ।  

नेपालका हरि बहादुर चौहानले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रित गौतमले ४५ रन, अरुण ऐरीले ३० रन, शेर मल्लले २८ रन, खडक बहादुर बोहराले २६ रन जोड्दा विशाल विक्रम केसीले १३ रन बनाए ।   

एमसीसीसँग नेपाल यू–१९ टोली पराजित 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३४ रन बनाएको थियो । 

एमसीसीका लागि विल रोड्सले ९३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मिल्स हामोन्ड र टम वेट्सलीले समान ६५ रनको अर्धशतकीय इनिङ्स खेले । 

नेपालका सागर ढकाल र शेर मल्लले समान २–२ विकेट लिए । यस्तै कुशल मल्ल र आकाश चन्दले १–१ विकेट लिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =