प्रहरी हुँ भन्दै पैसा असुल्न खोज्ने पक्राउ

मंसिर १२, पर्सा ।  पर्साको बीरगन्जमा बुधबार प्रहरी हुँ भन्दै पैसा असुल्न खाज्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् ।   

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–५ बस्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएका छन् ।   

प्रहरीका अनुसार पक्राउ परेको चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–९ बस्ने अनन्त खतिवडालाई आफू जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भनी हप्काएर पैसा असुल्न खोजेका थिए ।   

चतुर्वेदी २०७५ चैत ३० गते  हातहतियार खरखजाना कसुरमा जिल्ला अदालत पर्साको आदेशमा १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति रहेको प्रहरीले जनाएहो छ ।   

चतुर्वेदीमाथी हाल  अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − twelve =