नायिका सुपुष्पाकाे ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक

मंसिर ६, काठमाडौं । मोडल तथा नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।   

सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ ।   

सञ्जित श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।  गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ ।   

हेर्नुहोस भिडियो 

https://youtu.be/i1kg-yDN34M 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =