नेपाल म्यानमासँग ३–० गोलले पराजित

कात्तिक २२, काठमाडौँ । नेपालको राष्ट्रिय फुटबल टोली म्यानमाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।  म्यान्माको मन्डला थ्री रङ्गशालामा आज भएको खेलमा नेपाल म्यानमासँग ३–० गोलले पराजित भएको हो ।   

पहिलो हाफमा २–० गोलले पछि परेको नेपालविरुद्ध म्यान्माले मध्यान्तरपछिको खेलमा थप एक गोल गर्यो । खेलको तेस्रो मिनेटमै म्यानमाले गोल गरेको थियो । उसका लागि म्यीन्ट तुन अउङ्गले गोल गरेका थिए । दोस्रो गोल म्यानमाका डेभिड हटनले गरेका थिए ।   

म्यानमाले खेलको ६९औँ मिनेटमा तेस्रो गोल गरेको थियो । नेपाल यसअघि सन् २००८ मा भारतमा भएको एएफसी च्यालेन्ज कपमा पनि म्यानमासँग ३–० गोलले पराजित भएको थियो ।   

null

विश्व कप छनोटअन्तर्गत मङ्सिर ३ गते कुबेतविरुद्ध हुने खेलको तयारीका लागि नेपालले म्यानमासँग मैत्रीपूर्ण खेल खेलेको हो । विश्वकप छनोटको सबै खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =