सिटिजन्स बैंकको सञ्चालकमा खालिङ
मंसिर ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज शुक्रवार बसेको ३२० औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव भएका सुदेश खालिङलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ ।
अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र सञ्चालकको पदमा खालिङलाई नियुक्त गरिएको हो ।
शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।
वाणिज्य बैंकमा सहायकबाट बैंकिङ पेशा शुरु गरेका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका थिए ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका ८५ वटा शाखा, ८२ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।