रुप ज्योति र उनको छोरीलाई थुनामा राख्ने आदेश

कार्तिक २२, काठमाडौँ ।  चर्चित व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री रुप ज्योती र उनको छोरी  सुरुची ज्योतिलाई अदालतले तीन दिन  थुनामा राख्न आदेश दिएको छ । 

ठगी आरोपमा पक्राउ परेका उनीहरुलाई  काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न तीन दिन थुनामा राख्न आदेश दिएको छ ।  उनीहरुमाथी हाउजिङका नाममा २ करोड ७० लाख रूपैयाँ ठगी गरेको आरोप छ ।   

थुनाका आदेश पाएका रुप ज्योतीलाई महानगरीय प्रहरी परिसरको टोलीले बिहीबार साँझ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो भने उनको छोरी सुरुचिलाई भने शुक्रवार नियन्त्रणमा लिईएको हो । 

Image result for रुप ज्योति

ठगी आरोपमा रुप ज्योती विरुद्ध एक वर्षअघि नै प्रहरीमा जाहेरी परेता पनी उनी अदालतको पक्राउ पुर्जीविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले रूप ज्योतिलाई पक्रन  सोमवार बाटो खुल्ला गरिदिएपछी  उनलाई शुक्रबार सिंगापुरबाट नेपाल फर्किँदै गर्दा बिमानस्थलबाटै नियन्त्रणमा लिईएको हो ।   

अदालतको आदेशपछि आरोपी विरुद्धको उजुरीमा अनुसन्धान अगाडि बढाइने परिसरका डीएसपी होबिन्द्र बोगटीले  जानकारी दिएका छन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *