‘लम्की साङ्गीतिक महोत्सव–२०७६’ बिहिवारबाट सुरु
मंसिर १३, लम्की l कैलालीको लम्कीमा लम्की साङ्गीतिक महोत्सव २०७६ को बिहीवारदेखि सुरु भएको छ । शिक्षा, सूचना बिकासको अभियान कृषि, ब्यापार, संस्कृती र पर्यटन हाम्रो पहिचान भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको बिहीवार नगर प्रमुख महादेब बजगाईले उत्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख बजगाईले राष्ट्र बिकास र राष्ट्रियताको सवालमा सबै एक ठाउँमा उभिनु पर्ने बताए । सरकार बिकासको युद्ध स्थरमा लागिरहेका बेला बिरोध भन्दा पनि सहकार्य गरि सबैले अगाडि बड्नुपर्नेमा जोड दिए ।
सञ्चारकर्मी र सञ्चारमाध्यम निष्पक्ष हुनुपर्ने भन्दै नगर प्रमुख बजगाईले भने, ‘सुरुवाती लोकतान्त्रीक ब्यवस्थामा छौँ । यसलाई सबैले मिलेर जोगाउन जरुरी छ। अहिले देश भरी बिकासको लहर छाईरहेका बेला केही सञ्चारमाध्यमहरुले जनप्रतिनिधिहरुको मनोवल कमजोर बनाउनका लागी गलत र भ्रमक समाचार सम्प्रेषण गरेको पाईन्छ ।
यस्ता अपुष्ट तुक बिनाका समाचार सम्प्रेषण नगर्न सबै संग आग्रह गरे । महोत्सवले यस क्षेत्रको पर्यटन, कृषि, आर्थिक, धार्मिक, सँंस्कृतिक एवं सामाजिक विकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप टेवा पुगाउने महोत्सव मुल आयोजक समितिका संयोजक बुद्धिप्रसाद खनाल बताए ।
सुदूरपश्चिमको विकासका सम्भावना तथा अवसरहरु लाई राष्ट्रिय रुपमा पहिचान र विकास महोत्सवको मुल उद्देश्य रहेको हुदा सबैले साथ सहयोग गर्न आग्रह गरे । महोत्सव उद्घाटनमा जनप्रतिनिधि, समाजसेबि, राजनितिज्ञ र बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।
बिहीवारबाट सुरु भएको महोत्सवलाई २ लाख दर्शकले प्रत्येक्ष अवलोकन गर्ने र ४० लाखको बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा सुरु भएको महोत्सव मंसिर २१ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा शुक्रवार गायक टंक तिमिल्सेना र गायिका दुर्गा सापकोटा र स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेने आयोजकले बताएको छ।