अब एकै छतमुनि इसुजुकाे सर्भिस सेन्टरसहितकाे जिएस टिप्पर र ट्रक, मूल्य कति ?
मंसिर ५, काठमाडौं । लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एकै छतमुनि सर्भिस सेन्टर, ग्लोबल सिरीजको ट्रक र टिपरको नयाँ विश्वव्यापी श्रृंखला बजारमा ल्याएको छ ।
बिहीबार एसएमएल इसुजुले गर्जुधारमा एक कार्यक्रमको आयोजना गर्दै फ्यागसिप सर्भिस सेन्टरको शुरुवात तथा ग्लोवल सिरिजका ट्रक तथा टिप्परहरु सार्वजनिक गरेको हो । योसँगै अब लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी भेहिकल नेपालका लागि सवारी साधनहरुको अधिकृत वितरक भएको छ ।
बजारमा स्मार्ट जिएस टिप्परको मूल्य २८ लाख ९६ र स्मार्ट जिएस ट्रकको मूल्य २४ लाख ९६ हजार रूपैयाँ तोकिएको कम्पनीले जनाएको छ।
कम्पनीले जिएफआई सर्भिसको पनि बिहिबारबाट नैकाप गुर्जुधारा काठमाण्डौँ स्थित एसएमएल इसुजुले फ्यागसिप थ्रीएस सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सर्भिस सेन्टर १ लाख वर्गफिट क्षेत्रमा बाँधिएको छ । उक्त सेवा केन्द्रमा विक्री, स्पेयर पार्ट्स, पिडिआइ केन्द्र र स्टक यार्डको लागि छुट्टा छुट्टै शाखाहरु समावेश गरिएको छ ।
थ्रीएस सेन्टरमा गाडी मर्मतका लागि पछिल्लो आधुनिक उपकरणहरु पर्याप्त मात्रामा योग्य प्राविधिक तथा अनुभवी इञ्जिनियरहरुको व्यवस्था रहेको कम्पनीले जानकारी दिइएको छ । यस प्रकारको सेवाको साथसाथै कम्पनीेले प्रतिदिन १८ वटा भन्दा बढी सवारी साधनहरुको सेवा प्रदान गर्दछ ।
नयाँ ट्रक र टिप्पर आधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रतिक हो । इसुजुको ग्लोवल अनुभव र जापनिज प्रविधिको मिश्रण गरिएको छ । ट्रक र टिप्परमा इन्धन वर्गमा दक्षता, ड्राइभरको आराममा वृद्धि, उच्च विश्वसनियता, अनुकुल मर्मत लागत र अधिकतम लोडिङ क्षमता प्रदान गर्दछ ।
लक्ष्मी कमर्सियल भेहिकल लक्ष्मी गुर्पको सहायक कम्पनी हो र अब नेपालको लागि एसएमएल इसुजु सवारी साधनहरुको अधिकृत वितरक हो । कम्पनीले नेपालभर ग्राहकहरुलाई उत्कृष्ट बिक्री तथा सेवा प्रदान गर्दै आएको एक वर्ष भएको छ । लक्ष्मी कमर्सियल भेहिकलले विभिन्न प्रकारको स्कुल बसहरु, व्यापारिकरनिजी बसहरु, ट्रक र टिप्परहरु नेपालको सडकको लागि उपयुक्त र स्वीकार्य हुने मोडलहरु नेपाली बजारमा भित्र्याइसकेको छ ।
लक्ष्मी ग्रुप एक प्रतिष्ठित स्तरको उत्पादन र ट्रडिङ हाउस हो । जसको नाममा विभिन्न कम्पनीहरु समावेश छन् । अटोमोबाइल क्षेत्रमा विशिष्ट पहिचान सृजना गर्ने क्रममा यसले धेरै वर्ष पहिलेदेखि अटोमोटिभ डिभीजन सुरु गरेको थियो ।