ट्रेलर सार्वजनिक हुनसाथ बिवादित बन्याे अजयको ‘तानाजी’

मंसिर ५, भारत । बलिउड अभिनेता अजय देवगन ‘तानाजी’को ट्रेलर सार्वजनिक भएपछि विवादमा तानिएको छ । एनसीपीका नेताले फिल्ममा इतिहासलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै विरोध जनाएका हुन् । 

एनसीपीका नेता जितेन्द्र आव्हाडले ट्युविट गर्दै लेखेका छन्, ‘ओम राउतले आफ्नो फिल्ममा केहि अस्वाभाविक र गलत चीज देखाएका छन् । यसलाई छिट्टै परिवर्तन गर्नुस् । यो फिल्मलाई म आफ्नो तरिका हेर्छु । यदि यसलाई खतरा मान्नु हुन्छ भने त्यो सहि होइन ।’ 

यो फिल्म भन्दा पहिला सञ्जय भन्सालीको पिरियड फिल्म ‘पद्मावत’मा इतिहासलाई गलत तरिकाले प्रस्तुत गर्ने आरोप लागेको थियो । अजयले तानाजी विवादमा परेपछि केहि जवाफ दिएका छैनन् । ओम राउतले निर्देशन गरेको फिल्ममा अजयसँगै काजोल र सैफ अली खानको मुख्य भुमिका रहेको छ । यो फिल्म २०२० जनावरी १० देखि प्रर्दशन हुँदैछ । एजेन्सी 

Related image

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *