जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि काष्ठमण्डपलाई

मंसिर १, काठमाडौं । राजधानीमा जारी १२ औं अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको उपाधि काष्ठमण्डप स्कुलले जितेको छ । आइतबार सम्पन्न खेलमा काष्ठमण्डपले ५७ अंक जोड्यो । 

सेन्ट जेभियर्स ३९ अंकमा दोश्रो तथा आयोजक लिटिल एन्जल्स एलए ३६ अंकमा तेश्रो भयो । अन्तिम दिन यु–८ ब्वाइज सिंगल्समा फुलवारी मोन्टेश्वरीका स्पन्डन उदास, यु–१० गल्र्स सिंगल्समा युनिभर्सलकी समृद्धि महर्जन, यु–९ ब्वाइज सिंगल्समा आद्रित नेपाल, यु–१२ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका प्रमोद मानन्धर र गल्र्समा इभा अधिकारी तथा यु–८ गल्र्स सिंगल्समा काष्ठमण्डपकी शिभाली गुरुङले स्वर्ण जिते । 

यु–१० ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । फाइनलमा निशादले आयोजक लिटिल एन्जल्स ९एलए० का हर्सित पन्तलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे । 

यु–९ गल्र्स फाइनलमा काष्ठमण्डपकी कर्मेस्ता श्रेष्ठले आफ्नै स्कुलकी प्राज्ना मानन्धरलाई १–४, ४–२ र ७–६ ले हराउदै पहिलो भइन् । सो स्पर्धाको ब्वाइजमा रातो बंगलाका आर्दित नेपाल र काष्ठमण्डपका स्पर्श तिल्सिना फाइनलमा पुगे । 

यु–१० गल्र्स सिंगल्समा युनिर्भसलकी समृद्धि महर्जन र फ्रान्चकी नाला मास्के उपाधिका लागि भिड्ने छन् । यु–१२ सिंगल्सको ब्वाइजमा काष्ठमण्डपका प्रणव मानन्धर र नेपाल प्रहरी स्कुलका स्लोक खड्का तथा गल्र्समा बृहस्पतिकी जेनी खड्का र युलेन्सकी इभा अधिकारी फाइनलमा पुगे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =