कांग्रेस उम्मेद्वारकी श्रीमतीद्वारा नेकपाका उम्मेद्वारलाई जितको शुभकामना, सुकुम्बासीलाई धनीपुर्जा वितरण गरिने

मंसिर ४, धरान । मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाका उम्मेद्वार प्रकाश राईलाई नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईकी श्रीमती रिमा चाम्लिङले विजयको शुभकामना दिएकी छन् ।   

धरानको चुनावी घरदैलो अभियानमा धरान–१८ स्थित तिलक राईको निवासमा पुगेका नेकपाका उम्मेद्वार प्रकाश राईलाई श्रीमती चाम्लिङले मेयर पदको लागि जितको शुभकामना दिइन् । 

उनले आज प्रकाश राईलाई टिका र फुलमाला पहिराएर जितको शुभकामना दिएकी हुन् । यसैवीच धरान १८ का वडाध्यक्ष प्रवीण राईकी श्रीमती सविना राईले पनि घरदैलो अभियानमा पुगेका नेकपाका उम्मेद्वार प्रकाश राईलाई जितको शुभकामना दिइन् ।   

उपनिर्वाचनका लागि धरानमा नेकपाको चुनावी घरदैलो अभियान तीव्र भइरहेको छ । मंगलबार धरान १८ र धरान ११ मा उम्मेद्वार राई सहित नेकपाको घरदैलो अभियान भएको थियो ।            

     यसैबीच  नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सहसंयोजक मुरारी सुवेदीले कार्यविधि आउने वित्तिकै सुकुम्बासीलाई धनीपूर्जा वितरण गर्ने बताए । मंगलबार धरान–३ मा भएको चुनावी कोण सभालाई सम्बोधन गर्दै नेता सुवेदीले धरान उपमहानगरपालिकाले सुकुम्बासीको लगत उठाइरहेको र संघिय सरकारले भूमिसुधार ऐन ल्याइसकेको भन्दै कार्यविधि आउने वित्तिकै धरानका सुकुम्बासीलाई धनीपूर्जा वितरण गरिने बताए ।   

उनले धेरै काम सम्पन्न भएको तर कार्यविधि पारित नभएको अवस्थाले धनीपूर्जा वितरण रोकिएको बताए । सुवेदीले लामो प्रकृयाका सबै काम सम्पन्न भइसकेको भन्दै अब छिट्टै कार्यविधि आउने र सुकुम्बासीले धनीपूर्जा पाउनेमा विश्वस्त हुन आग्रह गरे । 

नेता सुवेदीले धरानको खानेपानीको सम्पत्ति हस्तान्तरण गर्ने काममा कांग्रेसले भाँजो हालेको समेत बताए ।  खानेपानी योजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा संस्थानले खानेपानी वितरण गर्दै आएको पाइपलाइनमा पानी जोड्न नपाएकोले घर घरमा पुर्याउन नसकेको बताए ।   

उनले १७ र १५ नं. वडामा खानेपानी वितरण समेत भइसकेको भन्दै अन्य वडामा संस्थाका हाकिमले अड्काइराखेको आरोप लगाए । धरान–३  स्थित पुरानो सब्जी बजारलाई आधुनिक बनाउन सरकारले डेढ करोड बजेट छुट्याइसकेको भन्दै आधुनिक सब्जी बजार बनाइने बताए । 

त्यस्तै नेपालमा नै पहिलो पटक स्मार्ट बसपार्क धरानमा बनाइने जसमा अण्डरग्राउण्ड सहित बहुतले बसपार्कको हुने सुवेदीको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =