मध्यरातमा वडाध्यक्षको गाडीमाथि बम विस्फोट

मंसिर ९, कास्की । पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्य चढ्ने गाडीमा बम विस्फोट भएको छ। पोखरा १७ विरौटास्थित वडा अध्यक्ष आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमाथि सोमबार राती करिब २ः ४५ बजेतिर विस्फोट भएका जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। 

विस्फोट अज्ञात समुहले गराएको र विस्फोटबाट आचार्यको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा क्षति पुगेको छ भने के कति क्षति भयो भन्ने बारेमा अनुसन्धान भइरहेका प्रहरीको भनाई छ ।   

प्रहरीले आसन्न कास्की–२ को उप(निर्वाचनलाई लक्षित गर्दै त्रास उत्पन्न गराउने उदेश्यले विस्फोट गराइएको अनुमान गरेको छ ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 7 =