नेपालगञ्जमा बस दुर्घटना हुँदा ८ घाइते, तीनकाे अवस्था गम्भिर
मकालु खबर
२०७६ मंसिर १२ गते
फाेटाे फाइल
मंसिर १२, नेपालगञ्ज । नेपालगञ्जमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार काठमाडौँबाट नेपालगञ्ज आइरहेको उक्त बस गनापुरमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।
८ प ६९१६ नम्बर रहेको सो बसले मोटरसाइकललाई जाेगाउन ब्रेक लगाउँदा पल्टिएर दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।
यस दुर्घटना परी गम्भिर घाइते भएका तीन जनालाई उपचारको लागि भारत लखनऊ लगिएको छ भने अन्य घाइतेको नेपालगञ्जमा उपचार भई रहेको जिल्ला ट्राफिक कार्यालय, कोहलपुरले जानकारी दिएको छ ।
प्रहरीका अनुसार हाल घटनाबारे अनुसन्धान भईरहेको छ ।
मकालु खबर
२०७६ मंसिर १२ गते
प्रतिक्रिया