छायाँकन सुरु भएको एकहप्ता नपुग्दै ‘चपली हाइट ३’ को प्रदर्शन मिति तय

मंसिर १०, काठमाडौँ । छायाँकन सुरु भएको एक हप्ता नपुग्दै चलचित्र ‘चपली हाइट ३’को प्रदर्शन मिति तय भएको छ । निकेश खड्काले निर्देशन रहेको यस चलचित्रको प्रदर्शन मिति आगामी चैत्र २८ गतेलाई तय भएको हो ।
अर्जुन कुमारले निर्माण गरेको यस चलचित्रको मंसिर ५ गते मात्र छायाँकन सुरु गरिएको थियो । चलचित्र निर्माता अर्जुन कुमारले चलचित्र निर्माण गर्न धेरै समय नलाग्ने भएकाले चैत २८ गते प्रदर्शन मिती तोकिएको बतउँदै उनले भने ‘आगामी नयाँ वर्षमा दर्शकको लागि ‘चपली हाइट ३’ उपहार हुनेछ । ’
सस्पेन्स थ्रीलर कथामा निर्मााण हुन लागेको यस चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, नव–कलाकार महेश त्रिपाठी र प्रतिक श्रेष्ठलगायत कलाकारलाई मूख्य भूमिकामा देख्न पाईनेछ ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको सहकार्यमा निर्माण भएको यस चलचित्रमा नायिका स्वस्तिमाले एक सोझी केटीको भूमिका निर्वाह गर्ने बताईएको छ । चलचित्र ‘रणवीर’ बाट डुब्यु गरेकी नायिका सुपुष्पालाई ‘रणवीर’ ले असफलता दिलाएपनी चलचित्रकर्मी र मिडियाकर्मीमाझ भने उनी खुब नोटिसमा परेकी छिन् ।








