मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

कात्तिक २४, विराटनगर । मोरङको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैचा–४ मा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।   

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ९ प ३३०० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को २५ प ९४५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा सुन्दरहरैचा–८ का १९ वर्षीय बालकुमार पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

दुर्घटनामा गम्भीर घाइते पुरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता प्रहरी नायव उपरीक्षक राजकुमार खिउजुले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *