नेपाल प्रहरीको फुटवल टिमलाई टेलिकमको साथ

मंसिर ११, काठमाडौं । नेपाल टेलिकम एक वर्षका लागि नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको मूख्य प्रयोजक भएको छ ।   

सम्झौता अनुसार नेपाल टेलिकम आज देखि नै लागू हुने गरी आगामी एक वर्षसम्म नेपाल प्रहरी खेलकुद समिति अन्तर्गत रहेको नेपाल पुलिस क्लब पुरुष तथा महिला फुटबल टिमको मुख्य प्रायोजक भएको छ ।   

सो प्रायोजन वापत नेपाल टेलिकमले नेपाल प्रहरीको फुटबल टिमलाई ३२,००,०००।– (बत्तिस लाख) रुपैयाँ उपलब्ध गराउने छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई कम्पनीको लोगो अंकित जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।   

यस सम्बन्धी दुवै निकायबीच आज सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हस्ताक्षर गरेका छन् । सम्झौता अवधिभर नेपाल पुलिस क्लबका पुरुष तथा महिला खेलाडीहरुले नेपाल टेलिकमको नाम तथा लोगो अंकित जर्सी लगाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा खेल्ने छन् ।   

जर्सीको अगाडि भागको माथि दाहिने पट्टि नेपाल टेलिकमको लोगो रहने र बीच भागमा नेपाल टेलिकमको नाम लेखिने छ । त्यसैगरी हाफ पाइन्टको अगाडि भागको बायाँ पट्टि नेपाल टेलिकमको ‘एनटी फोरजी’ लोगो हुनेछ । 

त्यसैगरी नेपाल टेलिकमले आफ्ना विभिन्न प्रवद्र्धनात्मक सामग्रीहरुमा नेपाल पुलिस क्लबका पुरुष तथा महिला फुटबल टिमको नाम तथा फुटबल खेलाडीहरुको निःशुल्क प्रयोग गर्न सक्नेछ ।   

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले खेलको माध्यमबाट राष्ट्रको गरिमा अभिवृद्धि हुने र राष्ट्रिय एकता समेत थप मजबुत हुने बताउँदै यस्तो कार्यमा सहयोग गर्न पाएकोमा कम्पनी गौरवान्वित भएको बताए ।   

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी र नेपाल टेलिकम बीचको यो सम्झौतामार्फत फुटबलको माध्यमबाट खेलका साथै राष्ट्रिय एकता प्रवद्र्धन गर्न समेत बिशिष्ट योगदान पुग्ने बताए । 

                                                                                                     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =