‘चर्का कुरा गरेर सीमा फिर्ता आउँदैन, कुटनीतिक पहल सुरु भइसक्यो’

मंसिर १२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तथ्य र प्रमाणका आधारमा नेपालको जमिन फिर्ता ल्याउने बताएका छन् ।   

मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।   

‘ऐतिहासिक दस्तावेज, भारतीय राजपत्र, नक्सा लगायतका विभिन्न प्रमाणहरूले लिम्पियाधुरासम्म नेपालकै भएको देखाएको छ’, मन्त्री बाँस्कोटाले भने, ‘नेपालले तथ्य र प्रमाण पुगेको जमीनको मात्रै दाबी गरेको छ । भारतले यसलार्य स्वीकार गर्नुपर्छ । हामीलाई कसैको एक इन्च जमिन पनि चाहिएको छैन । आफ्नो पनि दिँदैनौँ ।’ 

नेपालको सार्वभौमसत्तालाई न्यायोचित गर्नुपर्ने उनको भनाइ छ । नेपालले यससम्बन्धी प्रमाण वार्ताको टेबुलमा राख्ने पनि उनले स्पष्ट पारे ।   

नेपालमा विरोध प्रदर्शन गरेर सीमा समस्या समाधान नहुने उनले बताए । ‘चर्का स्वर र विरोध प्रदर्शन गरेर सीमा विवाद समाधान हुँदैन । यसका लागि कुटनीतिक पहल आवश्यक छ, सरकारले त्यो सुरु गरिसकेको छ’, उनले भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =