धरानमा मेयरमा २३ र वडा अध्यक्षमा ४ को मनोनयन दर्ता

कात्तिक २७, धरान । मंसिर १४ गते हुने स्थानिय तह उपनिर्वाचनको लागि धरान उपमहानगरपालिकामा १२ राजनीतिक दल र ११ स्वतन्त्र गरि २३ जनाले मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । वडा अध्यक्ष पदमा ४ जनाको उम्मेद्वारी परेको छ । 

निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ताको दिन २३ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् । आज निर्वाचन अधिकृतको कार्यालयमा मेयर पदका लागि नेकपाबाट प्रकाश राई र नेपाली कांग्रेसबाट तिलक राईले उम्मद्वारी दर्ता गराए ।  

राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, नेपाल लोकतान्त्रिक पार्टीबाट नित्यराज काफ्ले, राप्रपा लोकतान्त्रिकबाट भीम बहादुर लिम्बु, आमुल परिबर्तन मसिहा पार्टीबाट छत्र बहादुर बिश्वकर्मा, समाजवादी पार्टीबाट गजेन्द्र बहादुर लिम्बु, नेकपा मालेबाट एकराज सुब्बा, साझा पार्टीबाट राजन कुमार श्रेष्ठ, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बर बहादुर लिम्बु, राप्रपा संयुक्तबाट कुमार बराईली, राप्रपाबाट रोशन बिश्वकर्माले उम्मेद्धवारी मनोनयन गरेका छन् ।  

  

त्यसैगरी मेयर पदमा राजनीतिक दलबाहेक स्वतन्त्रबाट दावा शेर्पा, हर्कराज राई, श्याम कृष्ण पहाडी, बिशाल थापा, दिनेश श्रेष्ठ, एनिषा राई, कुमार भट्टराई, अमृत कुमार राई, जर्नाधन कोईराला, मनराज राई र रुद्र बस्नेतकोे पनि उम्मेद्वारी परेको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जानकारी दिए । 

अधिकृत उप्रेतीका अनुसार धरानको ७ नं  वडामा १ वडाअध्यक्ष पदका लागि ४ जनाको उम्मेद्वारी दर्ता भएको छ । जसमा नेकपाबाट जीवनराज सुबेदी, नेपाली काग्रेसबाट सुवर्ण मोहन पलिखे, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट निता राई र राप्रपाबाट दिनेश शाक्यले उम्मेद्वारी दिएका छन् ।   

दिउसो कांग्रेसको मनोनयन दर्ता चलिरहँदा कांग्रेस, नेकपा र अन्य मेयर पदका उम्मेद्वारहरु निर्वाचन कार्यलय परिसरमा आमने सामने भएका थिए । 

साना दल र स्वतन्त्र उम्मेदवारहरु आ–आफना थोरै समर्थकको साथमा मनोनयन दर्ता गरिरहँदा नेपाली कांग्रेस, नेकपा र समाजवादी लगायतका उम्मेदवारहरु भने बाजागाजा, झाँकीसहित वृहत र्र्याली लिएर निर्वाचन आयोगको कार्यलय पुग्दा त्यहाँको चुनावी रौनक अर्कै भएको थियो ।  

  

वडाहरुमा घरदैलो अभियानमा सिमित कांग्रेस, नेकपा लगायतका दलहरुलाई उम्मेदवारी मनोनयन शक्ति प्रर्दशनको अवसर पनि भएको थियो । जहाँ उनीहरुले आ–आफना पार्टीका जनतामा पहुँच समेत देखाउने अबसर पाए । 

पार्टीका नेता, कार्यकर्ताहरु नाचगान गर्दै उम्मेद्वारी दर्ता गर्न जाँदा केहि पुरुष उम्मेद्वारहरु दौरा सुरुवाल र ढाका टोपीमा सजिएका थिए ।   

मनोनयन दर्तामा जाँदा निस्किएको र्र्यालीमा उम्मेदवारहरु निक्कै हौसिएका थिए । सबै उम्मेद्वारले आफुले जित हासिल गर्ने दाबी समेत गरेका छन् । 

नेकपाका उम्मेद्वार प्रकाश राईले जनपरिचालनको हिसाबले आफुले जित हासिल गरिसकेको तर, घोषणा गर्न मात्र बाँकी रहेको बताएका छन । नेपाली कांग्रेसका उम्मेद्वार तिलक राईले जनताको बौद्धिकतामा उभार आएको उल्लेख गर्दै कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका थिए । 

अन्य दल तथा स्वतन्त्र उम्मेद्वारी दिनेहरुले पनि आफुहरुलाई  जनताहरुले साथ दिने भन्दै बिजयी हुने दावी गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 16 =