विकास र समृद्धिलाई स्थानीय स्तरबाटै अगाडि बढाइने

कात्तिक २६, बागलुङ । गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानिय स्तरबाट अगाडी बढाईने बताएका छन् ।   

अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहासिक भुष पोल्ने मेलालाई सम्वोधन गर्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।  स्थानिय स्तरमा संभावनाको खोजी गरि उत्पादनलाई अब आर्थिक समृद्विमा जोड्ने गण्डकी प्रदेशले गृहकार्य गरिरहेको बताए ।   

ताराखोला आफैंमा पर्यटन, कृषि, कला र संस्कृतिको धनी क्षेत्र रहेकोले यसको संरक्षण प्रर्वद्धन गर्दै युवाहरुलाई कृषि र पर्यटनमा आकर्षित गरि यहाँको विकासमा गण्डकी प्रदेश सरकार सँधै हातेमालो गर्न तयार रहेको मन्त्री लम्सालको भनाई छ ।   

सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा, बन्दिपुर गाउँपालिका तनहुँका अध्यक्ष पुर्णसिंह थापा, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भोपाल पोखरेल र अर्गल खेलकुद विकास मञ्चका संस्थापक अध्यक्ष सुर्यबहादुर घर्तीले शुभकामना ब्यक्त गरे ।   

‘खेलकुद, कला, संस्कृति परम्परा हाम्रो शान, भुष पोल्ने पर्व ताराखोलाको पहिचान’ भन्ने मुल नाराका साथ कात्तिक २३ गतेदेखि सुरु भएको मेलामा महिला पुरुष भलिबल प्रतियोगिता, एकल नृत्य, महिला रस्साकसी, धनुष वाण प्रतियोगिता सञ्चालन भईरहेको अर्गल खेलकुद विकास मञ्चका सल्लाहकार भद्र बहादुर घर्तीले बताए । 

जस अन्तर्गत कात्तिक २४ गते बिहान सुर्योदय सँगै भुष पोल्ने, २५ गते सुर्यअस्त सँगै गाउँले सँग भुष पोल्ने र आज २६ गते सुर्योअस्त सँगै अविवाहित युवा युवतीहरु र अर्गल संस्कृति संरक्षण सम्वर्दन समितिका कलाकारबाट सांस्कृतिक नाँच गर्दै बारीमा विधिवत पुजा अर्चना, दमाह बाजा सहित छापो खन्ने काम गरिएको छ ।   

बारीमा युवाहरुले विउ छर्ने मेलो बनाउने र युवतीहरुले खनेर बारी सम्याउँदै खनजोत गर्ने परम्परागत कार्य सम्पन्न भएको छ ।  मेलामा कलाकारहरु मेक्सम खाती क्षेत्री, रेशम निर्दोष, निरु श्रीस, तिर्सना घर्तीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो । मेला भोली विधिवत रुपमा समापन हुने बताईएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *