गाँउमा बस्ने बानि परेछ बजार पस्न मनले मान्दैनः अध्यक्ष मण्डल

कार्तिक २५, मोरङ ।  “गाँउमा बस्ने बानि परेछ बजार पस्न मनले मान्दैन” विराट राजवंशी उत्थान समितिका केन्द्रिय अध्यक्ष भुवनेश्वर मण्डल भन्छन् ।  मोरङको बुडीगँगा गाँउपालिका स्थित बाँसबारी चोक देखि ५ सय मिटर पूर्व विराटनगरका रैथाने राजवंशीहरु  बसोबास गर्दछन् ।   

गाँउ प्रवेश गरिसक्दा मौलिक शैलिको घर छ । त्यहि घरमा भुवनेश्वर राजवंशीको बाल्यकाल बित्यो । वर्षौ पुराना संचरनाहरु छन् जहाँ प्रवेश गरिसक्दा कुनै संग्राहलयमा पुगेको अनुभुती हुन्छ । 

 यिनै मौलिकतालाई साक्षि राखेर यति बेला मण्डल आफ्नो समुदायको पहिचानको निमित्त संघर्षरत छन् ।  मण्डलले नेपलमा पञ्चायती शासन काल देखि बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै आज आएर गणतान्त्रिक व्यवस्था सम्म  धेरै राजनितिक अनुभवहरु  बटुलेका छन् । 

०३४ सालबाट भारतको विहारवहंगा मिथिला युनिभर्सिटीबाट विद्यार्थीकाल देखि राजनिति यात्रा आरम्भ गरेका भुवनेश्वर मण्डल । ०३८ सालमा जनमत संग्रह पश्चात उप्रधान पञ्चको कार्यभार समेत सम्हालिसकेका छन् ।  भने ०५४ सालमा नेपाली काँग्रेसबाट गा.वि.स. अध्यक्षको कार्यभार पनि सम्हालिसकेका छन् ।  मण्डल भन्छन् । “अब त्यो बेला समग्र जनताका लागि अभिभावक बनेर राजनिति गरे अब मेरो समुदायको  हक अधिकारका लागि लड्दैछु।” यति बेला उनी विराटनगरमा बसोबास गर्ने राजवंशी समुदायलाई सरकारले आदिवासी जनजातिको सूचीमा नसमेटी आफ्नो  हक अधिकार, संरक्षण र रक्षा साथै पहिचानलाई मेट्न  खोजिएको भनि ०६४ सालदेखि आन्दोलनरत छन् । 

 “उमेरका खुड्किलाले ६० वर्ष टेक्यो आज सम्म राजनिति, सामाजिक कार्यमा रिटायर पाएको छैन मण्डल भन्छन् । उनी कुशल राजनितिज्ञसँगै कुशल कबडडी खेलका राष्ट्रिय खेलाडी पनि हुन् ।   

अझैँ आदिवासी सूचीमा सुचिकृत भएन विराट राजवंशी   

पूवी तराईको विराटनगरमा बसोबास गर्ने  विराट राजवंशीहरुको आफ्नो छुट्टै धार्मिक किंवदन्ती बोकेका इतिहासहरु छन् ।  विराटनगरमा बसोवास गर्ने राजवंशी समुदायले राजवंशीमा विराट जोड्नका कारण  बङ्गाली  (कोच) राजवंशी भन्दा पृथक पहिचान दिने उद्देश्य रहेको मण्डल बताउछन् ।   

०६४ सालमा स्व. गिरिजा प्रसाद कोइराला तत्कालिन प्रधान मन्त्रि हुँदा विराटनगरको बुढीगँगा, कटहरी, र जहदा विराट प्रदेशको माग गर्दै र विराट राजवंशी स्वयत्त परिषदको माग गर्दै भुवनेश्वर मण्डलको नेत्रित्वमा ज्ञापन पत्र बुझाएको भए पनि आज सम्म वेवास्ता गरेको मण्डलको भनाई छ ।   

पछिल्लो समय आदिवासी सूचिमा सुचिकृत दर्ता प्रकृयामा जस्को कुनै मौलिक इतिहास छैन उनीहरु राजनिति आडमा सूचिकृत भएका छन् तर मौलिक सभ्यता विभिन्न इतिहास  भएका विराटनगरवासी विराट राजवंशीको आफ्नो अलगै पहिचान रहेको भए पनि अझैँ आदिवासी सूचीमा सुचिकृत नभएको मण्डलको भनाई छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =