प्रियंका चोपडा र निक जोनसले किने यती महंगाे घर

कार्तिक २९, भारत ।  बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन् ।  

प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको र यसका लागि उनीहरुले १४४ करोड भारु खर्च गरेको बताइएको छ । उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुल्ला स्थान छ । यसको पुष्टि प्रियंकाकी आमा मधु चोपडाले गरेकी हुन् । 

यी दुईले सन् २०१८ मा विवाह गरेका थिए । एक अन्तर्वार्तामा प्रियंकाले घर खरिद गर्नु र आमा बन्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी थिइन् । एजेन्सी 

Image result for priyanka with husband

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =