नेपाल कुवेतसँग पराजित, भरपर्दो मानिएका ४ खेलाडी टिममा नहुँदा पनि नेपालको राम्रो प्रदर्शन

मंसिर ४, काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत मंगलबार भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको छ । यसअघि कुवेतसँगको पहिलो खेलमा ७–० गोलले पराजित भएको नेपालका लागि मंगलबार भएको खेलमा राष्ट्रिय टिममा भरपर्दो खेलाडी मानिएका ४ खेलाडी नहुँदा पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।   

भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले  पराजित भएको हो । खेलको २८ औँ मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल दुवै तर्फबाट गोल हुन सकेन र अन्त तः अलमोतवाकै गोल निर्णायक बन्न पुग्यो । 

भूटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अनुशासन कारवाहीस्वरुप निलम्बन गरेको थियो ।   

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको थियो ।  यस्तै नेपालले चाइनिज ताइपेईलाई २–० ले गोलले हराएको थियो भने अष्ट्रेलियासँग ५–० गोलले र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।   

कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो । दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुन नसकेको भन्दै नेपाल र कुवेतले न्युट्रल भेन्युका रुपमा पहिलो होम खेल भूटानमा खेलेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 2 =