आज नेकपा सचिवालय बैठक बस्दै
२०७६ मंसिर ४ गते

मंसिर ४, काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्ने नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
मन्त्रिपरिषद् हेरफेर गर्ने, एकताका बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न थालेको उनले बताए ।
एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् । पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।
null
२०७६ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








